×

NMB BANK
NIC ASIA

जोखिम बस्ती स्थानान्तरण गरिने

ताप्लेजुङ | असार २८, २०८०

NTC
Premier Steels

ताप्लेजुङमा बाढीपहिरोबाट उच्च जोखिम बस्तीलाई स्थानान्तरण गरिने भएको छ । बाढी पहिराले बस्ती उच्च जोखिम अवस्था भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा सुरक्षित स्थानमा स्थानान्तर गर्न लागेको हो । 

Muktinath Bank

आज जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले बाढी र पहिराको उच्च जोखिममा रहेका सिदिङ्वा र मैवाखोला गाउँपालिकाका बस्ती स्थानान्तरणको अध्ययन गर्न विज्ञ टोली खटाउने निर्णय गरेको छ । बैठकले विज्ञ टोलीको अध्ययन प्रतिवेदनका आधारमा बस्ती तथा घर स्थानान्तरण गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरेको जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनःनिर्माण तथा पुनःस्थापनाको क्रममा सिरिजङ्घा गाउँपालिकाका ४१ घरपरिवारलाई जग्गा खरिदका लागि प्रतिपरिवार रु तीन लाखका दरले रु एक करोड २३ लाख उपलब्ध गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनःनिर्माण तथा पुनःस्थापना कार्यविधि २०७७ अनुसार छनोट भएका घरपरिवारलाई पुनःस्थापना, पुनःनिर्माण तथा प्रवलीकरणका लागि सङ्घीय सरकारबाट ६० प्रतिशत, प्रदेश सरकारबाट ३० प्रतिशत र सम्बन्धित स्थानीय तहबाट १० प्रतिशत अनुदान दिन सकिने व्यवस्था रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

जिल्ला विपद् व्यवथापन समितिका अनुसार सिरिजङ्घा गाउँपालिकाकै २१ घरपरिवार पुनःनिर्माण र अस्थायी आवासका लागि सिरिजङ्घा गाउँपालिकाको सिफारिसका आधारमा सम्झौता रकमको ७० प्रतिशत प्रथम किस्ता रकमवापत भुक्तानी भएको रु ३२ लाख ५५ हजारसमेत जिल्ला विपद् व्यवस्थापन समितिले अनुमोदन गरेको छ ।

Vianet communication

जिल्ला विपद् व्यवस्थापन समितिले आगलागीबाट घर पूर्णरूपमा क्षति भएका फुङ्लिङ नगरपालिका–८ का पदमसुन्दर पालुङ्वालाई रु २० हजार उपलब्ध गराएको छ । मेरिङदेन गाउँपालिका–४ दिलकुमार लिम्बू र पाथीभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेका भीमप्रसाद लिम्बूलाई रु १५ हजारका दरले राहत रकम वितरण गरिएको जनाएको छ । यस्तै सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा चट्याङका कारण मृत्यु भएका एक परिवारका आफन्तलाई रु दुई लाख राहत उपलब्ध गराएको  जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x