२२ असार २०८३, सोमबार

चक्रपथमा एएनपीआर प्रविधि जडानः तीब्र गतिमा सवारी चलाए तुरुन्तै कारवाही

असार २९, २०८०
काठमाडौं
चक्रपथमा एएनपीआर प्रविधि जडानः तीब्र गतिमा सवारी चलाए तुरुन्तै कारवाही

तीब्र गतिबाट हुने दुर्घटना न्यूनीकरण गर्न ट्रफिक प्रहरीले अटोमेटिक नम्बर प्लेट रिकग्नाइज (एएनपीआर) विथ स्पिड डिटेक्सन क्यामेरा जडान गरेको छ । हाल चक्रपथका तीन स्थानमा नयाँ प्रविधिको क्यामेरा जडान भएको ट्राफिक प्रहरीले जनाएको छ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार अहिले चक्रपथ सडकअन्तर्गत कोटेश्वर, थसिखेल र धोबिखोलामा क्यामेरा जडान भएका छन् । ती तीन स्थानमा ६ वटा क्यामेरा जडान भएको उनले बताए । 

‘तीब्र गतिका कारण उपत्यकामा ३० प्रतिशत दुर्घटना हुने गरेको छ । सवारी दुर्घटना न्यूनीकरण गर्न एएनपीआर क्यामेरा जडान भएको हो’ प्रवक्ता भट्टले भने, ‘तीन स्थानमा ६ वटा क्यामेरा जडान भएका छन् ।’

null

ट्राफिक प्रहरीले अन्य स्थानमा पनि क्यामेरा जडान गर्ने तयारी गरेको छ । यो प्रविधिले तोकिएभन्दा बढी गति गतिमा सवारी चलाएमा नम्बर प्लेटको फोटो खिचेर ट्राफिक प्रहरीको कन्ट्रोल रूपमा पठाउँछ  । कन्ट्रोल रुमबाट प्रहरीले सूचना सर्कुलर गरेर सवारी चालकलाई कारवाही गर्छ । एएनपीआरले गाडीको स्पीडसँगै फोटो र भिडियो रेकर्ड गर्छ । 

null

‘सकिए तुरुन्तै चालकलाई कारवाही गर्छौं, नत्र रेकर्ड केलाउँदैपछि पनि कारवाही गर्ने प्रक्रियामा हामी अघि बढेका छौं’ प्रवक्ता भट्टले भने ।

salt training

कमेन्ट गर्नुहोस्