०२ साउन २०८३, शनिबार
केपी ओलीको चिन्ता

नेपाली समाज विचलित हुन थाल्यो, अराजकता र जथाभाबी बोल्नेहरूसँग मान्छे रमाउन थाले : केपी ओली

असार २९, २०८०
काठमाडौं
नेपाली समाज विचलित हुन थाल्यो, अराजकता र जथाभाबी बोल्नेहरूसँग मान्छे रमाउन थाले : केपी ओली
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाज सामाजिक मूल्यबाट विचलित हुन थालेको बताएका छन् । शुक्रवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नेपाली समाज परपीडक, असत्यमा आधारित र दुष्टपूर्ण हुन थालेको बताए ।

उनले समाज सांस्कृतिक अधःपतन नहोस् वा ओरालो नलागोस् भनेर सबै सतर्क हुनुपर्ने अवस्था आएको बताए । अहिले समाज भगवानसँग पनि डराउन छोडेको र अराजकता, जथाभाबी बोल्नेहरूसँग रमाउन थालेको उनको भनाइ थियो ।

आदिकवि भानुभक्त आचार्यको योगदान कुनै पनि कुराले कमजोर हुन नसक्ने बताए । ‘एउटा रामायण मात्रैको अनुवादले पनि भानुभक्तले नेपाली समाजमा लगाएका गुण धेरै छन् । एउटा समाजलाई स्थितिमा मूल्य, नैतिकतामा बाँध्नका लागि प्रयास गरेको देखिन्छ । त्यसमा भक्तिरसतर्फ समाजलाई डोर्‍याउने कुराले राज्य कमजोर भएका बेला अहिले राज्य त्यस बेलाको भन्दा मजबुत छ तरपनि भक्तिरस पनि भंग भयो, नैतिकरस पनि छैन । भक्ति पनि समाप्त भयो भगवानसँग पनि डराउन छोड्यो मान्छे, नैतिकता पनि गुमायो’ उनले भने, ‘अलि भद्रगोल, अराजकता, जथाभावी बोल्के कुरा, सत्य नचाहिने, असत्य बोल्दा आनन्द मान्ने, असत्यको बाटो अवलम्बन गर्दा गौरव गर्ने, झूट बोल्न पाउँदा, अर्कालाई पीडा दिन पाउँदा आनन्द मान्ने परपीडक प्रवृत्ति बढेको छ । यस्तो परपीडक भन्दा कसैलाई पीडा नदिने खालको प्रवृत्ति नै ठीक हुन्छ ।’

भानुभक्तको योगदान कुनै पनि कुराले कमजोर हुन नसक्ने भन्दै ओलीले उनको योगदानको अवमूल्यन गर्न नसकिने बताए । ‘कतिपयले अंश कटाएर के प्रशारण गर्छ, के बोलेको देखाउँछ, एउटा अंशमात्रै बोलेको देखाउँदा त्यो अनर्थ पनि लाग्नसक्छ । अहिले नेपाली समाजको एउटा पक्ष परपीडक, असत्यमा आधारित र दुष्टपूर्ण तरिकाले अवलम्बन गर्ने, अलिक सामाजिक मूल्यबाट विचलित भएको छ । त्यो चिन्ताको विषय हो’ उनले भने, ‘जसलाई आज हामीले सांस्कृतिक हिसाबले, हाम्रो सांस्कृतिक अधोपतन नहोस् वा ओरालो नलागोस् समाज भनेर हामी सबै सतर्क हुनुपर्ने आवश्यकता छ ।’
नेपाली समाजको सांस्कृतिक अधोपतन हुन नदिन सबै एक भएर लाग्नुपर्ने अध्यक्ष ओलीको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्