१४ असार २०८३, आइतबार

नवराज सिलवालको आयो यस्तो विज्ञप्ति, प्रहरी सेवाबाट अलग भएको घोषणा

कात्तिक २०, २०७४
नवराज सिलवालको आयो यस्तो विज्ञप्ति, प्रहरी सेवाबाट अलग भएको घोषणा
काठमाडौं, २७ भदौ— नेपाल प्रहरीका डिआईजी नवराज सिलवालले सेवाबाट अगल भएको घोषणा गरेका छन् ।
मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै सिलवालले प्रहरी सेवाबाट अलग भएको घोषणा गरेका हुन् ।

आजै आइजीपी प्रकरणमा सर्वोच्च अदालतले डिआइजी सिलवालको रिट खारेज गरेको थियो । सरकारको निर्णय सदर गर्दै सर्वोच्च अदालतको पूर्ण इजलासले सिलवालको रिट खारेज गरेको हो ।
सरकारले आइजीपी नियुक्तीमा आफूलाई अन्याय गरेको भन्दै  सिलवाल सर्वोच्च अदालत गएका थिए । 

अदालतले रिट खारेज गरेसँगै सिलवालले जारी गरेको विज्ञप्तिमा भनिएको छ— झट्ट हेर्दा इतिहासको कुनै कालखण्डमा सत्यको पराजय भएको जस्तो देखिएतापनि इतिहासले त्यसको मूल्यांकन गर्ने नै हुँदा म सबै साथीहरुलाई निराश नभई मुलुकप्रतिको जिम्मेवारीमा लागिरहन सल्लाह दिन चाहन्छु र यस घटनाको समुचित समीक्षा गर्ने जिम्मा इतिहासलाई नै छाडिदिन उचित ठान्दछु।
उनले आगामी दिनमा प्रहरी सेवामा नरहेपनि नेपाल प्रहरीको उन्नती र प्रगतिमा सहयोगी भूमिकामा रहने पनि बताएका छन् । यस्तै आफूले सत्य र न्यायको लागि लडेको दाबी समेत गर्दै सिलवालले इमान्दार, अनुशासित र कर्तब्यनिष्ठ भएर कार्य गर्दा अन्यायमा पर्ने जोखिम हुने रहेछ भनेर हतोत्साहित नहुन सकल दर्तालाई सुझाव दिएका छन् ।
उनले एक कर्तब्यनिष्ट सिपाहीमाथि बदनियत राख्दा शासक वर्गको पनि निद हराम हुने र जनताबाट दण्डित हुनुपर्ने अवस्था आउन सक्ने हेक्का राख्न समेत चेतावनी दिएका छन् ।
उनले आफू आईजीपी हुन नपाएपनि देशबासी र प्रहरीहरुले देखाएको सद्भाव र मायाले त्यो भन्दा उच्चकोटीमा राखेको समेत उल्लेख गरेका छन् ।



silwal (2)
silwal (1)

salt training

कमेन्ट गर्नुहोस्