०३ असार २०८३, बुधबार

महाभारतको कफी जापान निर्यात

असार २९, २०८०
काभ्रेपलाञ्चोक
महाभारतको कफी जापान निर्यात

काभ्रेपलाञ्चोकको विकट डाँडापारि क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाका किसानले उत्पादन गरेको कफी जापान निर्यात हुँदै आएको छ । हिमालयन लक्जरी विन्स कम्पनीले विगत तीन वर्षदेखि यहाँका किसानले उत्पादन गरेको कफी जापान निर्यात गर्दै आएको हो ।

सो क्षेत्रमा उत्पादित कफी राम्रो र गुणस्तर भएकाले जापनिजहरुको रोजाइमा पर्ने गरेको हिमालयन लक्जरी विन्सका सञ्चालक गुणबहादुर लामाले बताए । अहिले जापानको कलरवाथ नामक संस्थाले काभ्रेपलाञ्चोकको बनेपामा रहेको विन्ससँग समन्वय गरी यहाँ सङ्कलन गरेको कफी प्रशोधन गरेर निर्यात गरिरहेको उनले जानकारी दिए । किसानले उत्पादन गरेको कफीलाई सुरुमा त्यही प्रशोधन गर्ने र पूर्ण रुपमा बनेपामा ल्याएर प्रशोधन गर्ने गरेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्