२६ असार २०८३, शुक्रबार

कसैले धुप बत्ती गर्दैमा गठबन्धन ढल्दैन : मन्त्री ज्वाला

असार ३१, २०८०
काठमाडौं
कसैले धुप बत्ती गर्दैमा गठबन्धन ढल्दैन : मन्त्री ज्वाला
फाइल तस्बिर

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिलेको सत्ता गठबन्धन कसैले चाहँदैमा नढल्ने दाबी गरेका छन् । आइतवार जनकपुरधाम पुगेका मन्त्री ज्वालाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै गठबन्धन बलियो भएकाले कसैले चहेर नढल्ने बताएका हुन् । 

नेकपा एमालेप्रति लक्षित गर्दै उनले कसैले गठबन्धन ढालोस् भनेर धुप, बत्ती बाल्दैमा नढल्ने टिप्पणी गरे । प्रतिगमनविरुद्ध एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरू एक ठाउँमा रहेको भन्दै गठबन्धन ढाल्ने सपना नदेख्न उनले आग्रह गरे । 

‘अहिले गठबन्धन बलियो धरातलमा उभिएको छ । यो कसैले ढलोस् भनेर  चाहँदैमा, धुप बत्ती गर्दैमा ढल्दैन,' उनले भने, 'प्रतिगमनविरुद्ध एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरू छन् । गठबन्धन ढलेर फाइदा पाइहाल्छौं की भनेर आशावादी भएकाहरूको आशा पूरा हुँदैन ।’

मन्त्री ज्वालाले समाजवादी मोर्चा सरकार बलियो बनाउने र टिकाइरहने मात्रै नभई गठबन्धनको दीर्घकालीन फाइदाका लागि बनेको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्