१२ असार २०८३, शुक्रबार

अब रोजेको च्यानलको मात्र पैसा तिरे पुग्ने

साउन ३, २०८०
काठमाडौं
अब रोजेको च्यानलको मात्र पैसा तिरे पुग्ने

सरकारले  नेपालमा  प्रसारण  हुने  विदेशी  च्यानलहरूमा ‘आला कार्ट’ प्रणाली कार्यान्वयनमा ल्याएको  छ  ।  यससँगै  ग्राहकलाई  लिन  मन  नलागेको विदेशी च्यानललाई पनि शुल्क तिर्नुपर्ने बाध्यात्मक व्यवस्था अन्त्य भएको छ ।

आला कार्ट प्रणालीमा विदेशी वा स्वदेशी जुन च्यानल आफूलाई हेर्न मन लाग्छ त्यसैको मात्रै पैसा तिर्नुपर्ने सुविधा हुन्छ । सरकारले लामो समयदेखि  आला  कार्ट  प्रणाली  कार्यान्वयन  ल्याउन खोजेको थियो तर खास गरी भारतीय च्यानलका सम्बन्धमा वितरकबाट असहयोग हुँदा कार्यान्वयनमा आउन सकेको थिएन ।

 सरकारको अडानका कारण सोमबारदेखि भने पूर्ण रूपमा कार्यान्वयनमा आएको हो । सरकारले आला कार्ट शुल्क र बुके उपलब्ध गराउन  नेपालका  सबै  वितरक÷सञ्चालक  र  विदेशी टेलिभिजन च्यानल तथा विदेशी च्यानलको डाउनलिङ्क अनुमति प्राप्त वितरकलाई वैशाख १७ गते पहिलो पटक जानकारी गराएको थियो ।

गत असार २८ गतेसम्म च्यानलको प्याकेज र त्यसभित्रको  च्यानलको  शुल्कसमेत  पठाउन  निर्देशन दिएको सूचना तथा प्रसारण विभागका महानिर्देशक शङ्कर नेपालले बताए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्