२५ जेठ २०८३, सोमबार

ग्यास बुलेटमा लागुऔषध ओसारपसार, ७० किलो गाँजासहित २ जना पक्राउ

साउन ३, २०८०
काठमाडौं
ग्यास बुलेटमा लागुऔषध ओसारपसार, ७० किलो गाँजासहित २ जना पक्राउ

चितवनको राप्ती नगरपालिका १ लोथरबाट ७० किलो गाँजासहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको झारखण्ड कोर्डका  ३५ वर्षीय मनोजकुमार पासवान र गाडीमा सवार मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर ७ का ४५ वर्षीय राजु वाइबा रहेका छन् ।

पिप्लेबाट लोथरतर्फ आउँदै गरेको एमएच ४८ एवाई ४७०९ नम्बरको भारतीय ग्यास बुलेट गाडीमा लुकाइछिपाई ल्याएको लागुऔषधसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी चौकी लोथरबाट खटिएको प्रहरी टोलीले गएराति ०१ः३० बजेको समयमा ग्यास बुलेटमा लुकाएर ल्याएको गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्