३१ असार २०८३, बुधबार

भारतको उत्तर प्रदेशमा ट्रान्सफर्मर पड्किँदा १५ जनाको मृत्यु

साउन ३, २०८०
काठमाडौं
भारतको उत्तर प्रदेशमा ट्रान्सफर्मर पड्किँदा १५ जनाको मृत्यु
फाइल फोटो

भारतको उत्तराखण्डमा ट्रान्सफर्मर पड्किँदा १५ जनाको मृत्यु भएको छ ।

उत्तराखण्ड राज्यमा बुधवार विद्युत् ट्रान्सफर्मर विस्फोट हुँदा एक प्रहरी अधिकारी र तीन होमगार्डसहित कम्तीमा १५ जनाको मृत्यु भएको छ । अन्य छ जना गम्भीर घाइते भएका भारतीय प्रहरीले जनाएको छ ।

उत्तराखण्डको राजधानी देहरादुनबाट करिब २६६ किलोमिटर पूर्वमा पर्ने चमोली जिल्लाको अलकनन्दा नदीमा रहेको पुलमा विद्युत् आपूर्ति गर्न आयोजनास्थलमा राखिएको ट्रान्सफर्मर विस्फोट भएको थियो ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको छानबिन गर्न आदेश दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्