२२ जेठ २०८३, शुक्रबार

गाउँ पसेको बाघ नियन्त्रणमा लिई निकुञ्जमा छाडियो

साउन ३, २०८०
चितवन
गाउँ पसेको बाघ नियन्त्रणमा लिई निकुञ्जमा छाडियो

चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको बाघलाई नियन्त्रणमा लिई निुञ्जकको सुरक्षित क्षेत्रमा छोडिएको छ । निकुञ्जबाट बस्तीमा पसेर मानव तथा जनावरमाथि आक्रमण गर्न थालेको बाघलाई निकुञ्ज प्रशासनले आज नियन्त्रणमा लिई नियमित अनुगमन गर्ने गरी निकुञ्जको सुरक्षित क्षेत्रमा छाडेको हो ।

अन्दाजी पाँच वर्षको सो बाघलाई माडी नगरपालिका–३ रतनी खोला किनारबाट नियन्त्रणमा लिइएको थियो । सो बाघले मङ्गलबार बस्तीमा प्रवेश गरी तीन जना मानिसलाई आक्रमण गरेर घाइते बनाएको थियो ।

 त्यसपश्चात् निकुञ्ज प्रशासनले बाघलाई नियन्त्रणमा लिने प्रयास गरेको भए पनि आज बिहान मात्रै बाघ नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्