१९ असार २०८३, शुक्रबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

साउन ४, २०८०
काठमाडौं
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बिहीवार पनि बस्दैछ ।

बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ । मंगलवारदेखि शुरू भएको बैठकमा नेताहरूले धारणा राख्नेक्रम जारी छ ।

बुधवारको बैठकमा पनि नेताहरूले धारणा राखेका थिए । 

बैठकमा छलफलका लागि विभिन्न १० कार्यसूची तय गरिएको छ । बैठकमा विभाग गठन, पार्टीको राष्ट्रिय अभियान घोषणा, अनुशासन समितिको प्रतिवेदन, समसामयिक राजनीतिक, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदन, सांगठनिक कार्ययोजना र कार्यतालिका, नीति अधिवेशन, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन  विषयको कार्यसूचिमाथि छलफल भइरहेको छ ।

बुधवारको बैठकमा ४६ जनाले आफ्नो धारणा राखेका र धारणा राख्नेक्रम बिहीवार पनि जारी रहने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्