
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
विशेष अदालतबाट भएको फैसला चित्त बुझ्दो नभएकाले सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार विभिन्न मितिमा भएका फैसला मध्ये अनन्तराज सत्यालसहित ६४ जना प्रतिवादी रहेको मुद्दामा अख्तियारले पुनरावेदन गरेको हो ।
गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा यही साउन २ गते मंगलवार सर्वोच्चमा पुनरावेदन गरिएको हो ।
सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिको नाममा कायम गरेको आरोपमा अख्तियारले उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।