
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले नक्कली शरणार्थी प्रकरणमा जेलमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई दोषी ठान्न नहुने बताएका छन् ।
उनी निर्दोष भएर निस्कोस् भनेर कामना गर्नुपर्ने उनले बताए ।
केन्द्रीय समितिको चौथो दिनको बैठकलाई शुक्रवार सम्बोधन गर्दै नेता श्रेष्ठले अदालतको अन्तिम फैसला नहुन्जेल कसैलाई दोषी करार गर्न नमिल्ने बताए ।
‘एउटा साथी पुर्पक्षका लागि थुनिएको छ, त्यो साथीको बारेमा अदालतले निर्णय सुनाएको छैन । गल्ती गरे नगरेको निर्णय आएकै छैन ।
पुर्पक्षमा जसलाई पनि राख्न सक्छ, दोषी ठान्न हुँदैन’ श्रेष्ठले भने, ‘उहाँको बारेमा धेरै नबोलौं । जेलमा रहेको परिवारको सदस्य निर्दोष भएर निस्कियोस् भनेर कामना गर्नुपर्छ ।’