०२ साउन २०८३, शनिबार

माछापुच्छ्रे बैंकले नेपालमा पहिलोपटक भित्र्यायो क्यूआरमा भ्वाइस बक्स प्रविधि

साउन ५, २०८०
काठमाडौं
माछापुच्छ्रे बैंकले नेपालमा पहिलोपटक भित्र्यायो क्यूआरमा भ्वाइस बक्स प्रविधि

माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलोपटक क्यूआर प्रणालीमा भ्वाइस बक्स (इन्स्टन्ट पेमेन्ट नोटिफिकेसन) प्रविधि प्रयोगमा ल्याएको छ ।

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग लगायत यस बैंकका अन्य केही स्थानहरूबाट प्रविधिको शुभारम्भ गरिएको बैंकले जनाएको छ । यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक नेपालमै पहिलो बैंक भएको छ ।

यही साउन ५ गतेबाट क्यूआरमा भ्वाइस बक्स जडान गरेर माछापुच्छ्रे बैंकले यो नवीनतम प्रविधिको शुरुवात गरेको हो ।

अब माछापुच्छ्रे बैंकका क्यूआर मर्चेन्टहरूले क्यूआरमार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी एसएमएस सँगसँगै ध्वनी (साउण्ड) मार्फत पनि जानकारी दिइनेछ ।

जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरूमाझ क्यूआरप्रति लोकप्रियता एवं विश्वसनीयता बढ्ने बैंकको विश्वास छ । यसका साथै भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्ने बैंकको दाबी छ ।

यस सुविधाबाट हजारौं साना तथा मझौला क्यूआर मर्चेन्टहरू प्रत्यक्ष लाभान्वित हुने छन् ।

सो को प्रयोगले ग्राहक र मर्चेन्टहरू बीच देखिएका केही भुक्तानीसम्बन्धी विवाद निराकरण हुने विश्वास बैंकको छ ।

हाल उक्त सेवा नेपाल पे क्यूआरका मर्चेन्टहरूमा उपलब्ध रहेको र छिट्टै अन्य नेटवर्कमा पनि जडान गरिने बैंकको योजना छ ।

बैंकले नगदरहित बैकिङलाई बढावा दिँदै पहिलो डिजिटल ‘स्मार्ट बैंक’को रुपमा आफूलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडि बढिरहेको छ ।

माछापुच्छ्रे बैंकले देशका ७ वटै प्रदेशमा १ सय ६५ शाखा, १२ एक्स्टेन्सन काउण्टर, १ सय ३० शाखारहित बैंकिङ सेवा, २ सय ३ एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्