२२ जेठ २०८३, शुक्रबार

धरानमा गोली हानी एक युवकको हत्या

साउन ५, २०८०
सुनसरी
धरानमा गोली हानी एक युवकको हत्या

सुनसरीको धरानमा गोली हानी एक युवकको हत्या भएको छ । ज्यान गुमाउने युवा विराटनगर ५ का २८ वर्षीय रोहित चौधरी रहेको प्रहरीले जनाएको छ । चौधरीलाई शुक्रवार दिउँसो सेउती खोलाको पुलनजिकै गोली प्रहार भएको थियो ।

 मूलघाटबाट विराटनगर फर्किँदै गर्दा उनीमाथि गोली प्रहार भएको प्रहरीको भनाइ छ ।

उनको दाहिने कोखमा गोली लागेको सुनसरीका प्रहरी प्रमुख प्रभु ढकालले जानकारी दिए । चौधरीको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

ढकालले गोली प्रहार गर्नेको  पहिचान भइसकेको बताए ।तर गोली हान्नुको कारण पता नलागेको उनले बताए । गोली प्रहारमा संलग्नलाई छिट्टै पक्राउ गरेर सार्वजनिक गर्ने उनको भनाइ छ  ।

salt training

कमेन्ट गर्नुहोस्