
कोशी प्रदेशका मुख्यमन्त्री तथा कांग्रेस प्रदेश सभापति उद्धव थापाले कोशी प्रदेशमा पार्टी नेतृत्वकै सरकार कायम रहने बताएका छन् ।
सुनसरी सदरमुकाम इनरुवामा आज नेपाली कांग्रेस सुनसरीको जिल्ला सम्मेलनमा मुख्यमन्त्री थापाले उक्त दाबी गरेका हुन् । वर्तमान कांग्रेस नेतृत्वको सरकारले जनतालाई अनुभूति हुने गरी काम गर्ने समेत उनको भनाइ छ ।
कांग्रेसले कोशी प्रदेशमा पहिलो पटक नेतृत्व गर्ने अवसर पाएको बताउँदै उनले वर्तमान सरकार जनताको हितमा काम गर्न प्रतिबद्ध रहेको बताए ।
वर्तमान सरकार नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार गठन भएको भन्दै उनले अदालतको आदेशले सरकारलाई काम गर्ने रोक नलगाएको बताए ।