३१ असार २०८३, बुधबार

जहाजभित्रै ड्युटी फ्री पसल राख्न पाइने

साउन ७, २०८०
काठमाडौं
जहाजभित्रै ड्युटी फ्री पसल राख्न पाइने

नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएका नेपाली हवाई कम्पनीले जहाजभित्र पसल राख्न पाउने कार्यविधि जारी भएको छ । 

संस्कृति, पर्यटन तथा  नागरिक  उड्डयन  मन्त्रालयले  ‘अनबोर्ड  ड्युटी पेड स्टोर’ सञ्चालनसम्बन्धी कार्यविधि २०७९  जारी  गरेसँगै  जहाजभित्रै  सौन्दर्यका  सामग्री,  उपहारजन्य  सामग्री,  घडीलगायतका  सामग्री किन्न पाइने भएको छ ।

नेपालबाट हाल नेपाल वायु सेवा निगम र  हिमालय  एयरलाइन्सले  अन्तर्राष्ट्रिय  उडान  गर्दै आएका छन् । निगमले भन्सार ऐन, २०६४ आउनुअघि ड्युटी फ्री सप सञ्चालन गर्दै आए पनि हाललाई उक्त सेवा बन्द रहेको थियो ।

पर्यटन मन्त्रालयका हवाई महाशाखा प्रमुख बुद्धिसागर  लामिछानेका  अनुसार  जारी  भएको  कार्यविधिले वायु सेवाको अतिरिक्त आम्दानी बढ्ने, वायु सेवालाई थप सबल, सुदृढ र दिगो बनाउने तथा राजस्व सङ्कलन र विदेशी मुद्रा आर्जनमा समेत सहयोग पुग्ने बताए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्