०१ साउन २०८३, शुक्रबार
सन्दर्भ : पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवस

माधव-वामदेव एक स्वर : 'आ-आफ्नो पसल थापेका कम्युनिस्टहरू मिल्नुपर्छ'

साउन ७, २०८०
काठमाडौं
माधव-वामदेव एक स्वर : 'आ-आफ्नो पसल थापेका कम्युनिस्टहरू मिल्नुपर्छ'

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खानु नहुने बताएका छन् । 

आइतवार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवसलाई कीर्तिपुरमा सम्बोधन गर्दै उनले आ-आफ्ना पसल थापेर बसेका सबै कम्युनिस्ट पार्टीलाई एक ठाउँमा ल्याउन जरुरी रहेको बताएका हुन् । 

मिल्नसक्ने र सहकार्य गर्नसक्नेहरूबीच सहकार्य र एकता गरेर अघि बढ्ने उनले बताए । कम्युनिस्टहरूलाई जति मिलाउन सक्यो त्यत्ति धेरै शक्ति आर्जन गर्न सकिने उनको भनाइ छ । ‘सबै कम्युनिस्ट पार्टीहरू आ-आफ्ना पसल थापेर बसेका छन् । त्यसका बाबजुत पनि हामीले हरेक खानु हुँदैन,' उनले भने, 'जो-जो जति मिल्न सक्छन् मिल्दै जाने हो । सहकार्य गर्दै जान सक्छन्, सहकार्य गर्दै जाने हो ।’

अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गराउन आफू सकारात्मक रहेको बताए ।

यस्तै पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले पनि सबै कम्युनिस्टहरूलाई एकतावद्ध हुन आह्वान गरे । सोही कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी मोर्चा बनाउनु राम्रो भए पनि एक/दुई वटा पार्टी मात्रै मिलेर समाजवादको यात्रा पूरा नहुने बताए । 

नेपालको संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाज, समृद्ध समाजवादको निर्माण कम्युनिस्ट मोर्चाहरू मिलेर मात्रै सम्भव हुने उनको भनाइ छ । 

समाजवादी मोर्चामा दुई/तीन वटा पार्टी मात्रै नभइ नेकपा एमाले, मोहन वैद्यलगायत अन्य छरिएर रहेका कम्युनिस्ट पार्टीहरू एक हुनुपर्ने उनले बताए ।‘सबै कम्युनिस्टहरू एकतामा आऔँ । नेपालको संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाज, समृद्ध समाजवाद नेपालका कम्युनिस्टहरूले मात्रै स्थापना गर्न सक्छन्,' उनले भने, 'समाजवादी मोर्चा बनेको छ । दुई/तीन वटा पार्टी मिलेर मोर्चा बनाउने काम नगर्नुस् । सबै मिल्नुपर्छ, सबैलाई ल्याउन सक्नुपर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्