१६ असार २०८३, मंगलबार

संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै हस्ताक्षर संकलन

साउन ७, २०८०
काठमाडौं
संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै हस्ताक्षर संकलन

संघीय शिक्षा ऐन २०७५ जारी गर्न माग गर्दै हस्ताक्षर संकलन गरिएको छ । नेपाल समाजवादी विद्यार्थी युनियन र अखिल(क्रान्तिकारी) ले  काठमाडौँ सहित देशैभर हस्ताक्षर संकलन सुरु गरेको छ ।

आज पाटन संयुक्त क्याम्पस र रत्नराज्य क्याम्पसमा हस्ताक्षर संकलन गरिएको थियो। नेपाल समाजवादी विद्यार्थी युनियनको केन्द्रीय उपाध्यक्ष ओम महतो(संग्राम) ले हस्ताक्षर संकलन कार्यक्रम आयोजना गरेको जानकारी दिए । उनले देशव्यापी हस्ताक्षर अभियान २०८० साउन ७ गतेदेखि १२ गतेसम्म  संचालन गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।

हस्ताक्षर कार्यक्रममा रत्नराज्य क्याम्पस, प्रदर्शनीमार्गमा नेपाल समाजवादी विद्यार्थी युनियनको केन्द्रीय अध्यक्ष नेत्र चापागाईं, सचिव साधुराम नेपाली, सन्तोष ढकाल सहित इकाई समितिका सदस्यहरुको उपस्थितिमा रहेको थियो ।

त्यसैगरी पाटन संयुक्त क्याम्पसको कार्यक्रममा अखिल(क्रान्तिकारी) को संयोजक पवन कार्की, नेपाल समाजवादी विद्यार्थी युनियनको केन्द्रीय उपाध्यक्ष  ओम महतो(संग्राम), सहित  केन्द्रीय सदस्य गोबिन्द भट्ट, संजिव कार्की, विरेन्द्र मगर लगायतको उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्