२२ जेठ २०८३, शुक्रबार

एनआरएनए अमेरिकाको अध्यक्षमा डा. अर्जुन बञ्जाडे निर्वाचित

साउन ८, २०८०
काठमाडौं
एनआरएनए अमेरिकाको अध्यक्षमा डा. अर्जुन बञ्जाडे निर्वाचित

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा डा. अर्जुन बञ्जाडे विजयी भएका छन् ।

आइतवार राति भएको निर्वाचनमा डिलुराम पराजुलीलाई पराजित गर्दै बञ्जाडे विजयी भएका हुन् ।

बञ्जाडेले ५ हजार ७ सय ३९ मत प्राप्त गर्दा पराजुलीले ४ हजार ८ सय ६ मत प्राप्त गरे । 

विकास उप्रेती वरिष्ठ उपाध्यक्ष र रामहरि अधिकारी महासचिव निर्वाचित भएका छन् । 

अर्घाखाँचीको छत्रदेव गाउँपालिका– ८ अर्घातोस स्थायी घर भएका बञ्जाडे यसअघि एनआरएनए अमेरिकाको वरिष्ठ उपाध्यक्ष थिए ।

नेपालमा प्राध्यापन समेत गरेका बञ्जाडेले अमेरिकाको ओहियो युनिभर्सिटीबाट विद्यावारिधी गरेका छन् । 

अमेरिकामा नेपालीमाझ उनले समाजसेवीको छवी बनाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्