०३ असार २०८३, बुधबार

नदीको भेलसँगै बग्दै पुरातात्त्विक सम्पदा

साउन १३, २०८०
रूपन्देही
नदीको भेलसँगै बग्दै पुरातात्त्विक सम्पदा

बुद्धको जन्मस्थल लुम्बिनीनजिक  रहेका पुरातात्विक महत्वको सम्पदा संरक्षणको अभावमा नदीको  भेलसँगै  बग्दै  गएका  छन्  ।  रूपन्देहीको  लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ स्थित अमहवा गाउँनजिकै रहेका पुरातात्विक भग्नावशेष बाढीको भेलसँगै दानव नदीमा विलय हुँदै गएको हो ।

केही    वर्षयतादेखि    दानव    नदीले    नगरपालिकाको सो क्षेत्रमा अनियन्त्रित कटान सुरु गरेपछि  जमिनमुनि  लुकेर  रहेका  प्राचीन  अवशेष  लगातार नदीमा विलय हुँदै गएको छ । सुरुमा त इँटा, माटाका भाँडा र धातुका सिक्का मात्र भेटिन्थे तर २०५७ सालतिर धार परिवर्तन भई नदी कटान बढेपछि सो क्षेत्रमा विभिन्न पुरातात्विक महत्वका संरचना प्रत्यक्ष फेला पर्न थालेको खबर गोरखापत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्