
सिरहामा मोटरसाइकल चेकजाँच गर्दा पेस्तोल र त्यसमा लाग्ने गोली फेला परेको छ । शनिबार सुखिपुर नगरपालिका वडा नम्बर ४ गोडिअर्वामा भारतीय नम्बर प्लेटको मोटरसाइकल चोकजाँच गर्दा लुकाएर राखिएको पेस्तोल र ५ राउण्ड गोलीसहित दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा औरही गाउँपालिका वडा नम्बर २ बननिया बस्ने कम्रुदिन राइन र चन्दन कुमार सदाय रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ ।