१० साउन २०८३, आइतबार

मधेशीको माग पूरा हुन्छ ः शशांक

कात्तिक २०, २०७४
मधेशीको माग पूरा हुन्छ ः शशांक
महोत्तरी, २९ भदौ - नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेसले मधेशीको माग पूरा गराएर छाड्ने बताउनुभएको छ । 

गौशाला नगर कमिटीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै डा कोइरालाले काँग्रेसले विगतमा पनि मधेशको हकहितका लागि सोच्दै आएको र आगामी दिनमा पनि संविधान संशोधनमार्फत मधेशीको अधिकार दिलाइने प्रतिबद्धता जनाउनुभयो । 

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले किसान, विद्यार्थी र कर्मचारीको हकहितका साथै यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, सिँचाइलगायत विकास निर्माणमा काँग्रेस अडिग रहने छ भन्नुभयो । केन्द्रीय सदस्य राजन पन्तले मुलुकलाई नयाँ आर्थिक क्षेत्रका रुपमा रुपान्तरित गर्नका लागि काँग्रेस नै आवश्यक रहेको धारणा राख्नुभयो । 

क्षेत्र नं ६ का सांसद सीताराम भण्डारीले काँँग्रेसको पहलमै रुष्ट मधेशी दललाई निर्वाचनमा ल्याउन सफल भएको जिकिर गर्नुभयो । पूर्वसांसद वसन्त गुरुङले काँग्रेसको जीतबाट जनताका घरघरमा विकास आउने बताउनुभयो । गौशाला नगरपालिकाका प्रमुखका उम्मेदवार मनु अधिकारीले इमान्दार भएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । रासस
 

salt training

कमेन्ट गर्नुहोस्