३१ जेठ २०८३, आइतबार

भरुवा बन्दुकले हानेर पत्नीको हत्या

साउन १७, २०८०
तनहुँ
भरुवा बन्दुकले हानेर पत्नीको हत्या
प्रतिकात्मक तस्वीर

तनहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर एक जनाले पत्नीको हत्या गरेका छन् ।

व्यास–५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन् । 

मंगलवार राति ११ बजे श्रीप्रसादले गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएको र उनको दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

श्रीप्रसादलाई प्रहरीले मंगलवार राति नै नियन्त्रणमा लिएको छ । घरायसी विवादका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्