३१ असार २०८३, बुधबार

फ्राइडे रिलिजः जोनी जेन्टलम्यान र लिला हलमा

कात्तिक २०, २०७४
फ्राइडे रिलिजः जोनी जेन्टलम्यान र लिला हलमा

काठमाडौं, ३० भदौ – आज शुक्रवार नेपाली चलचित्र ‘जोनी जेन्टलम्यान’ र ‘लीला’ प्रदर्शनमा आएका छन् । पटकपटक रिलिज सारेको जोनी जेन्टलम्यान प्रेमकथामा आधारित चलचित्र हो भने चलचित्र लीला सस्पेन्स कथामा आधारित चलचित्र हो ।

जोनी जेन्टलम्यानमा चकलेटी नायक पल शाह र आँचल शर्माको जोडी देख्न सकिन्छ । चलचित्रका केही गीतले चर्चा कमाइसकेका छन् । विकास जोशी, जैन कुवँर, सन्तोष सिलवाल लगायतका कलाकारको अभिनय रहेको चलचित्र भारतमा पनि छायांकन गरिएको छ । चलचित्रलाई नितिन चन्दले निर्देशन गरेका हुन् ।

त्यस्तै चलचित्र लीलामा राज कटुवाल देखिएका छन् । अभिनेत्री सञ्चिता लुइँटेलको पनि चलचित्रमा अभिनय रहेको छ । चलचित्र राज कटुवाल, ध्रुव कोइराला, देवीराम पराजुली लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई सस्पेन्स भनिएको छ । उक्त चलचित्रलाई रमेश कोइरालाले निर्देशन गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्