×

NMB BANK
NIC ASIA

शपथग्रहण सँगसँगै मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री थापा, प्रचण्डका ज्वाइँको नामले माओवादीमा विवाद

विराटनगर | साउन १७, २०८०

NTC
Premier Steels

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज बुधवार बिहान साढे १० बजे शपथग्रहण गर्दैछन् ।

Muktinath Bank

प्रदेश प्रमुखको कार्यालयले साढे १० बजेका लागि शपथ ग्रहणको तयारी भएको जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी मंगलवर मुख्यमन्त्रीमा नियुक्ति भएका थिए । आज बुधवारै मन्त्री नियुक्त गर्ने थापाको तयारी छ । पुरानै मन्त्रीहरूलाई निरन्तरता दिने उनले बताए ।


Advertisment
Nabil box
Kumari

मन्त्री नियुक्तिबारे माओवादीभित्र भने विवाद छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँ समेत रहेका प्रदेशसभा सदस्य जीवन आचार्यलाई पटक–पटक मन्त्री बनाउन नहुने मत माओवादीभित्र बलियो छ तर पनि शक्तिको आडमा उनलाई मन्त्री बनाउने तयारीमा थापा रहेको स्रोतले जनाएको छ ।

Vianet communication

निवर्तमान मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकार ढाल्न र उद्धव थापा नेतृत्वको सरकार बनाउन २ पटक नै आचार्यले भूमिका खेलेको भन्दै उनलाई मन्त्री बनाउने तयारीमा मुख्यमन्त्री थापा रहेका माओवादीकै एक सांसदले बताए ।

आचार्यलाई मन्त्रीमा सिफारिस गर्न थापाले माओवादीका नेताहरूसँग अनुरोध गरेको एक नेताले आफ्नो नाम नखुलाउने शर्तमा बताए । 

यसअघि कांग्रेसबाट प्रदीपकुमार सुनुवार, रामकुमार खत्री, माओवादीबाट जीवन आचार्य, राजेन्द्र कार्की मन्त्री बनेका थिए । उनीहरूमध्ये आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मा पाए पनि अरू मन्त्रीहरू जिम्मेवारीविहीन थिए ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मंगलवार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

यसअघि असार २१ गते पहिलोपटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थापालाई सर्वोच्च अदालतले साउन ११ गते बिहीवार पदमुक्त गरेको थियो । मुख्यमन्त्री दाबी गर्दा प्रदेशसभा सभामुखको समेत हस्ताक्षर संलग्न गराएको विषयलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै नियुक्ति बदर गरेको थियो ।

यसपटक सभामुख बाबुराम गौतमले राजीनामा दिएर उनलाई बहुमत पुग्ने बाटो खोलिदिएका थिए ।

उनको हस्ताक्षरकै कारण अदालतले मुख्यमन्त्री थापालाई बर्खास्त गरेपछि उनको राजीनामा सत्ता गठबन्धनका निम्ति अन्तिम विकल्प बनेको हो । २६ दिनमा दोस्रोपटक मुख्यमन्त्री बनेका थापाले विश्वासको मत लिन भने चुनौती छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x