२८ जेठ २०८३, बिहीबार
केन्द्रीय समितिको चौथो पूर्ण बैठक

माओवादी बैठकमा प्रचण्डको प्रस्ताव – मंसिरमा विधान महाधिवेशन, ३ महिनापछि विशेष महाधिवेशन

साउन १७, २०८०
काठमाडौं
माओवादी बैठकमा प्रचण्डको प्रस्ताव – मंसिरमा विधान महाधिवेशन, ३ महिनापछि विशेष महाधिवेशन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर महिनामा पार्टीको विधान महाधिवेशन पेश गर्न प्रस्ताव गरेका छन् ।

बुधवारदेखि शुरु भएको माओवादी केन्द्रीय कमिटी बैठकमा प्रचण्डले मंसिरमा विधान महाधिवेशन र त्यसको तीन महिनापछि विशेष महाधिवेशनको प्रस्ताव गरेका हुन् । 

केन्द्रीय सदस्य सुदर्शन बरालका अनुसार साउन भदौ र असोजमा तीन महिना वडासम्म पुग्ने गरी पार्टी अभियान संचलान गर्ने प्रचण्डको प्रस्ताव छ । ‘आजको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक र सांगठानिक प्रस्ताव पेश गर्नुभयो’ बरालले भने, ‘सांगठानिक प्रस्तावमा मंसिरमा विधान अधिवेशन गर्ने र त्यसको ३ महिनापछि विशेष महाधिवेशन गर्ने पस्ताव छ ।’ पार्टीका नीतिबारे छलफल गर्न विधान महाधिवेशन गर्न लागिएको हो । 

प्रचण्डको प्रतिवेदनमाथि सदस्यहरूले बोल्ने क्रम शुरु भएको छ । पहिलो दिनको बैठकमा १८ जना सदस्यले धारणा राखेका छन् । प्रत्येक सदस्यलाई बोल्नको लागि ५ मिनेटको समय दिइएको छ । 

केन्द्रीय समितिको बैठक बिहीवार बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानको सभाहलमा पुनः बस्ने सदस्य बरालले लोकान्तर जानकारी दिए ।  

salt training

कमेन्ट गर्नुहोस्