
कैलालीमा एक महिलाको शव फेला परेको छ। धनगढी उपमहानगरपालका–१७ धुर्जुना माइती भएकी २४ वर्षीया संजीता चौधरीको भजनी नगरपालिका–५ लालबोझीस्थित आफ्नै घरमा शव फेला परेको हो।
मंगलबार माइती घरबाट घर हिँडेकी उनी सोहिदिन मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। संजीताका श्रीमान् २६ वर्षीय सुवेत यादब सोहिदिन ४/५ महिनाका लागि भन्दै भारत जान भन्दै घरबाट निस्केका थिए।
तर संजीता घर पुग्ने वित्तीकै झुण्डिएर देहत्याग गरेको खबर तिकुनिया पुगेका यादबसम्म पुगेपछि फर्केर घर पुगेको बताइएको छ। तीन वर्षअघि संजीता र सुवेतबिच प्रेम विवाह भएको माइती पक्षले जनाएको छ।
संजीताको आत्महत्या नभइ हत्या भएको हुन सक्ने माइती पक्षले आशंका गरेको छ।
प्रहरीले घटनाबारे अनुसन्धान थालिरहेको जनाएको छ।