२९ असार २०८३, सोमबार

हुण्डाईको ‘ह्वील अफ चेन्ज’ एक्सचेन्ज अफर सार्वजनिक

साउन १८, २०८०
काठमाडौं
हुण्डाईको ‘ह्वील अफ चेन्ज’ एक्सचेन्ज अफर सार्वजनिक

नेपालमा हुन्डाई गाडीहरूको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘ह्वील अफ चेन्ज’ नामक एक्सचेञ्ज अफर सार्वजनिक गरेको छ । यही साउन १८ गतेबाट शुरु भएको यो योजना हुण्डाई नेपाल अन्तर्गतको हुण्डाई प्रोमिसको सहकार्यमा ५ प्रतिष्ठित कार एक्सचेञ्ज विक्रेताहरूसँगको साझेदारीमा ल्याइएको हो ।

आफ्नो कुनै पनि ब्रान्डको गाडी ल्याएर हुण्डाईको उत्कृष्ट, गुणस्तरीय र विश्वसनीय इन्धनयुक्त वा विद्युतीय उत्पादनसँग एक्सचेञ्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

ग्राहकहरूको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राख्दै सार्वजनिक गरिएको अफर अन्तर्गत काठमाडौं अटोमोबाइल सेन्टर, बाबा बसेरा अटो ग्रुप प्रालि, आरके अटो सेन्टर, श्रेया अटो इन्टरप्राइजेज् र रेसिङ्ग अटोमोबाइल इन्टरप्राइजेज् गरी ५ प्रतिष्ठित एक्सचेञ्ज पार्टनर्सहरूसँग सहकार्य रहेको हुण्डाईले जनाएको छ ।

यो योजना नेपालभरिनै लागु हुने भएकोले उपत्यका बाहिर यो योजनामा सहभागी हुन आफ्नो नजिकैको हुण्डाईको शोरुममा जान कम्पनीले आग्रह गरेको छ ।

अत्यधिक लाभ र विशेषतासहितको यो योजनाले ग्राहकहरूलाई हुण्डाईको विभिन्न उपलब्ध मोडलहरूमा रु. ५,००,००० सम्मको नगद छुट, रु. १,५०,००० सम्मको एक्सचेञ्ज बोनस र रु.२५,००० सम्मको एसेसरिज पनि प्राप्त गर्न सक्नेछन् ।

एक्सचेञ्ज पार्टनर र हुण्डाई शोरुममा गएर हुण्डाई गाडीको टेष्ट ड्राइभ गरी आकर्षक उपहारहरू पनि जित्न सकिने कम्पनीले जनाएको छ ।
योजना स्थलमै तुरुन्तै पुरानो गाडीको मूल्याङ्कन गरी छिटो तथा छरितो माध्यमबाट एक्सचेञ्ज योजना सफल बनाउने प्रतिबद्धता हुण्डाईले गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्