×

NMB BANK
NIC ASIA

मुलुकको विकासका लागि भ्रष्टाचार र दण्डहीनताको अन्त्य हुनुपर्छ : नेता डा. कोइराला

काठमाडाैं | साउन १८, २०८०

NTC
Premier Steels

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकको विकासका लागि भ्रष्टाचार र दण्डहीनताको अन्त्य हुनुपर्ने बताएका छन् ।

Muktinath Bank

नेपाल प्रेस युनियन काठमाडौं शाखाले बिहीवार आयोजना गरेको नवौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई ‘प्रमाणपत्र वितरण तथा पदस्थापन’ कार्यक्रममा उनले भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्दै सुशासन कायम गर्न सके मुलुकको विकास हुने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘देशमा अराजकता र दण्डहीनता बढिरहेको छ,’ उनले भने । नेता डा. कोइरालाले प्रहरीलाई बाहिर राखेर राजस्व अनुसन्धान विभागलाई मात्र संलग्न गराई सुन तस्करी प्रकरणको अनुसन्धान गर्नुले आम जनमानसमा आशंका उब्जिएको बताए । उनले प्रहरीलाई अनुसन्धानमा संलग्न नगराई राजस्व अनुसन्धान विभाग मात्रै संलग्न गराउनुको कारण सञ्चारमाध्यमले खोज्नुपर्ने उल्लेख गरे ।


Advertisment
Nabil box
Kumari

भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरण अहिले सुन प्रकरणपछि सेलाएको नेता कोइरालाको भनाइ थियो ।

Vianet communication

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले प्रेस युनियनलाई चलायमान बनाउँदै श्रमजीवी पत्रकारको मुद्दा समाधानमा वर्तमान केन्द्रीय समिति लागिपरेको बताए । उनले प्रेस युनियनले २०८० साललाई प्रशिक्षण वर्ष घोषणा गरेकाले यसलाई सफल बनाउन सबै लाग्नुपर्ने बताए ।

नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय महासचिव अजयकुमार राईले श्रमजीवी पत्रकारका मुद्दामा लड्न नेपाल ट्रेड युनियन कांग्रेस प्रेस युनियनसँगै रहेको बताए । उनले न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोेकेको तलब समेत पत्रकारले नपाएको उल्लेख गर्दै न्यूनतम पारिश्रमिक निर्धारणका लागि नेपाल ट्रेड युनियन कांग्रेस लाग्ने स्पष्ट पारे ।

नेपाल प्रेस युनियनका उपाध्यक्षद्धय नकुल अर्याल र जीवन भण्डारी, महासचिव दिलीप पौडेल, पूर्ववरिष्ठ उपाध्यक्ष दामोदरप्रसाद दबाडी, उपत्यका प्रतिष्ठान प्रदेशका अध्यक्ष लीलाराज खनाल लगायतले अर्को वर्ष हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाल प्रेस युनियनका उम्मेदवारलाई विजयी गर्ने गरी युनियनलाई बलियो बनाएर अगाडि बढ्नुपर्ने बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x