
आफूलाई वीर अस्पतालको डाक्टर तथा गृह मन्त्रालयको कर्मचारी भन्दै ३० लाख रुपैयाँ ठगी गर्ने सत्येन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहटको गौर नगरपालिका वडा नम्बर ३ घर भएका यादवले सतेन्द्रप्रसाद अधिकारी नामबाट परिचय दिई वीर अस्पतालमा जागिर लगाइदिने तथा आफन्तहरूलाई वैदेशिक रोजगारीका लागि क्यानडा, इजरायललगायत देशमा सरकारी कोटामा पठाइदिने भनेर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।
ठगीको आरोपमा जाहेरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले साउन १९ गते राति ललितपुरको ग्वार्कोबाट उनलाई पक्राउ गरेको हो ।
पक्राउ गरिएका यादवलाई ठगीसम्बन्धी कसुर र लिखतसम्बन्धी कसुरमा थप अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी परिसर ललितपुर जावलाखेलमा पठाइएको छ ।
उनीविरुद्ध २०७४ असार ७ गते जिल्ला प्रहरी कार्यालय रौतहट, प्रहरी परिसर काठमाडौंले पनि जबरजस्तीकरणी, ठगी, कीर्ते, अभद्र व्यवहारमा मुद्दा चलाएको खुलेको छ ।
हेर्नुहोस्, विज्ञप्ति :
