२१ जेठ २०८३, बिहीबार

बससेवाको अफर– अनलाइन टिकट लिँदा १० दिनसम्म दैनिक १० जनालाई निःशुल्क यात्रा

साउन २१, २०८०
काठमाडौं
बससेवाको अफर– अनलाइन टिकट लिँदा १० दिनसम्म दैनिक १० जनालाई निःशुल्क यात्रा

अनलाइन बस टिकटिङ सेवा प्रदायक बससेवा डट्कम दशौं वर्षमा प्रवेश गरेको छ । बससेवा टुर्स एन्ड ट्राभल्सअन्तर्गत रहेर २१ साउन २०७१ बाट सेवा शुरू गरेको बससेवाले नवौं वर्ष पूरा गरेर दशौं वर्षमा प्रवेश आइतबार पत्रकार सम्मेलन गरेरै जानकारी दिएको हो । यो अवधिमा बससेवा डट्कम नेपालभरका अधिकांश रूटहरूमा सेवा प्रदान गर्न सक्षम भएको छ । 

बससेबाट भारतका नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुरलगायतका शहरमा समेत अनलाइन टिकट बूकिङ सेवा लिन सकिन्छ । बससेवाबाट दैनिक ३ हजारभन्दा बढी यात्रुले टिकट काटी यात्रा गर्दै आएका छन् । यसबीचमा बससेवाले यात्रुहरूलाई बस कुर्न झन्झट नहोस् भन्ने उद्देश्यले राजधानी काठमाडौंको ढुंगेअड्डामा प्यासेन्जर लाउन्ज समेत सञ्चालनमा ल्याएको छ । सो लाउन्जमा यात्रुहरूलाई वाइफाइ, खानेपानीलगायतका सुविधा रहेका छन् भने लाउन्बाट सिधै बस चढ्न सकिन्छ । जसले गर्दा यात्रुहरूलाई सडक किनारामा धुलो खाँदै बस कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

स्थापना भएको अर्को वर्ष अर्थात् २०७२ सालमा विनासकारी भूकम्प, नाकाबन्दीजस्ता कुराको मार खेपेको बससेवाले यो बीचमा कोभिड महामारीका कारण भएको लकडाउनमा पनि लामो समय समस्या झेल्नुपर्‍यो । अनौपचारिक क्षेत्र मानिएको र प्रविधिको प्रयोग शून्य रहेको यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउन बससेवाले लामै कसरत गर्नुपरे पनि हाल बससेवाप्रति आमयातायात व्यवसायी र यात्री आकर्षित हुँदै गएका छन् । 

दशौं वर्ष प्रवेश गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बससेवा डट्कमका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले भने, ‘बससेवा डट्कमले यातायात क्षेत्रलाई प्रविधिसँग जोड्दै यात्रुहरूलाई अनलाइनमार्फत टिकट प्रदान गर्ने उद्देश्यले आफ्नो सेवा शुरू गरेको हो । हामीले यो बीचमा विभिन्न उतारचढाव व्यहोर्नुपरे पनि आमयात्रु र यातायात व्यवसायीले देखाउनुभएको विश्वास प्रति म धन्यवाद दिन चाहन्छु । आगामी दिनमा हामीले हाम्रो सेवालाई थप प्रभावकारी बनाउँदै आमयात्रुलाई सहज हुनेगरी सेवा विस्तार गर्दै जानेछौं ।’  

बससेवाले १० औं वर्ष प्रवेशका अवसरमा दशदिनसम्म हरेक दिन दशजनाले निःशुल्क यात्रा गर्न सक्ने अफर सार्वजनिक गरेको छ ।

हरेक दिन गोलाप्रथामार्फत १० जनालाई शतप्रतिशत क्यासब्याक प्रदान गरिनेछ । विजेताको नाम बससेवाको आधिकारिक फेसबूक पेजमार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

बससेवा डट्कम नेपालको एकमात्र अनलाइन बस टिकट काट्न सकिने सेवा प्रदायक हो । यात्रुहरूले कुनै पनि गन्तव्यका टिकट सहजै बससेवा डट्कम र बससेवाको मोबाइल एप मार्फत काट्न सक्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्