२१ जेठ २०८३, बिहीबार
संसद्‍को गतिरोध हटाउन निरन्तर छलफल

सहमतिको प्रयास भन्दै तीन दलका शीर्ष नेता फेरि छलफलमा

साउन २२, २०८०
काठमाडौं
सहमतिको प्रयास भन्दै तीन दलका शीर्ष नेता फेरि छलफलमा

संसद्मा जारी गतिरोध अन्त्य र संसदीय समितिको भागबन्डा मिलाउन प्रमुख तीन दलका शीर्ष नेताहरू पुनः छलफलमा जुटेका छन् । संसद् भवन नयाँ बानेश्वरमा सोमवार अपराह्न शीर्ष नेताहरू पुन: छलफलमा जुटेका हुन् । 

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन् । सभामुखको कार्यकक्ष सिंहदरवारमा आजै दिउँसो तीन नेताबीच २ घण्टा लामो छलफल चलेको थियो ।

विमानस्थल भन्सार कार्यालय बाहिरबाट समातिएको एक क्विन्टल सुन सम्बन्धमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने एमालेको मागमा सत्तापक्ष सहमत नहुँदा गतिरोध अन्त्य भएको छैन । 

दलहरूबीच सहमतिको प्रयास जारी रहेको भन्दै दिउँसो १ बजेका लागि तय गरिएको प्रतिनिधि सभा बैठक ४ बजेका लागि सारिएको छ । ४ बजे बल्ल शीर्ष नेताहरू छलफलमा जुटेकोले बैठक फेरि पनि निर्धारित समयमा बस्न नसक्ने भएको छ ।

सुन तस्करीको उच्चस्तरीय छानबिन माग गर्दै एमालेले साउन १० गते प्रतिनिधि सभा अबरुद्ध गरेको थियो । त्यससताका बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्