३० जेठ २०८३, शनिबार

सिङ्गापुरका राष्ट्रपतिद्वारा सामाजिक सद्भावलाई बलियो बनाउन आह्वान

साउन २२, २०८०
काठमाडौं
सिङ्गापुरका राष्ट्रपतिद्वारा सामाजिक सद्भावलाई बलियो बनाउन आह्वान

सिङ्गापुरका राष्ट्रपति हलिमाह याकोबले सोमबार राष्ट्रका नाममा सन्देश दिँदै देशलाई अगाडि बढाउन थप लचिलो अर्थतन्त्र निर्माण गर्न र सामाजिक सद्भाव कायम गर्न आह्वान गरेकी छन् । 
उनले तीव्र प्राविधिक परिवर्तनबाट उत्पन्न हुने अभूतपूर्व चुनौतीहरूको बीचमा सिङ्गापुरको आर्थिक सफलता सुनिश्चित गर्न मूल्य थप्ने र संसारसँग  समयानुकूल रहन सक्ने क्षमतामा सुधार गर्न जोड दिएकी छन् । 

शहर प्रदेशमा सामाजिक गतिशीलता सुस्त हुँदै गएकामा चिन्ता व्यक्त गर्दै उनले शिक्षामा सुधार गर्न र उच्च आम्दानीको खाडल अन्त्य गर्ने प्रतिवद्धता आवश्यक रहेको बताएकी छन् ।  
उनले सिङ्गापुरका जनतालाई समृद्ध र विविधतायुक्त समाजको कदर गर्न आह्वान पनि गरेकी छन् ।  विश्वभर जातिवाद र असहिष्णुता बढ्दै गएकामा उनले चिन्ता व्यक्त गरेकी छन् ।

सिङ्गापुरले अगस्ट ९ मा आफ्नो ५८औँ राष्ट्रिय दिवस मनाउँछ । राष्ट्रपति याकूबको राष्ट्रपतिको कार्यकाल आउँदो सेप्टेम्बरमा समाप्त हुँदैछ । 

salt training

कमेन्ट गर्नुहोस्