२६ असार २०८३, शुक्रबार
संसदमा गृहमन्त्रीको सम्बोधन

'सुन प्रकरणमा सीआईबीलाई ३५ दिन दिऊँ, दुर्नियत देखिए नयाँ शिराबाट छानबिन गरौंला'

साउन २३, २०८०
काठमाडौं
'सुन प्रकरणमा सीआईबीलाई ३५ दिन दिऊँ, दुर्नियत देखिए नयाँ शिराबाट छानबिन गरौंला'

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहिरबाट समातिएको सुन सम्बन्धमा सीआईबीलाई नै छानबिनको अवसर दिनुपर्ने बताएका छन् ।

३५ दिनको समयमा सीआईबीले नसके नयाँ शिराबाट छलफल गर्ने र आवश्यक परे छानबिन समिति गठन गर्न सकिने उनले बताए । 

मंगलवार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले विगतमा गठन गरिएका आयोग र छानबिन समितिले सुन पत्ता लगाउन नसकेको अनुभवका आधारमा सीआईबीलाई छानबिनको जिम्मा दिइएको बताएका हुन् । 

‘सुन तस्करीका सम्बन्धमा विगतमा संसदीय समिति बनाएको पनि हेर्‍यौं, सरकारले छानबिन समिति बनायो, त्यसले ३३ किलोको त परै जाओस् एक तोला पनि पत्ता लगाउन सकेन,’ मन्त्री श्रेष्ठले भने, ‘त्यसैले उच्चस्तरीय समिति बनाएर होइन, राज्यको संयन्त्रलाई नै जिम्मा दिनुपर्छ । संगठित अपराधको अनुसन्धानका लागि ६० दिनको समय हुन्छ । राजस्व अनुसन्धान विभागले २० दिन लियो । सरकारी वकिलको कार्यालयलाई ५ दिन दिएर बाँकी ३५ दिन सीआईबीलाई दिऔं । त्यो भएन भने त्यतिखेर छलफल गरौं न ।’ 

गृहमन्त्री श्रेष्ठले अनुसन्धान र अभियोजन गर्ने निकायलाई नै छानबिनको अवसर दिनु उपयुक्त हुने बताए ।

‘राज्यको जुन निकायले अनुसन्धान गरेर अभियोजन गर्छ, उसैलाई दिनुपर्‍यो । उसले अपराधी लुकाउन खोज्यो भने त्यसपछि छानबिन गर्नुपर्ने होइन र ?’ मन्त्री श्रेष्ठले भने, ‘३५ दिनमा दुर्नियत देखियो र गर्न सकेन भने नयाँ शिराबाट गरौं । यसलाई डिरेल गर्ने काम नगरौं, प्लिज !’

गृहमन्त्री श्रेष्ठले सुन तस्करी सम्बन्धमा मित्रराष्ट्रको अर्थतन्त्रमा समेत नकारात्मक असर पुर्‍याउने काम गरेको विश्लेषण सुनेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्