×

NMB BANK
NIC ASIA

गौर हत्याकाण्डको परकम्प

देउवामार्फत उपेन्द्रलाई प्रचण्डको सन्देश– ‘सरकार छाडे १२ को बदला १४ भित्र्याउँछु’

काठमाडाैं | साउन २४, २०८०

NTC
Premier Steels

आजभन्दा १७ वर्षअघि रौतहटको गौरमा २७ जनाको ज्यान जानेगरी भएको हत्याकाण्डबारे छानबिन गर्ने गरी गृह मन्त्रालयले पीडितसँग सहमति गरेपछि जसपा अध्यक्ष उपेन्द्र यादव झस्किएका छन् ।

Muktinath Bank

गौर हत्याकाण्डको फाइल खोल्ने सुरसार गरेको भन्दै उपेन्द्रले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार छाड्ने धम्की समेत दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गृह मन्त्रालयले पीडितसँग ५ बुँदे सहमति गरेलगत्तै मंगलवार उपेन्द्रले सत्ता साझेदार प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । 


Advertisment
Nabil box
Kumari

मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकलगत्तै उपेन्द्रले देउवासँग भेट गरेका थिए । 

Vianet communication

भेटमा उपेन्द्रले 'नक्कली भुटानी शरणार्थी प्रकरणमा तपाईं (देउवा)लाई अप्ठ्यारो पारेजस्तै अहिले आफूलाई अप्ठ्यारो पार्न लागेको' भनेर गुनासो गरेको स्रोतको दाबी छ ।

जसपा उच्च स्रोतका अनुसार देउवाले आफूले प्रधानमन्त्रीसँग कुरा गर्ने भन्दै तत्काल सरकार छाड्ने निर्णय नलिन आग्रह गरेका थिए । 

उपेन्द्रको सरोकारबारे बुधवार देउवाले प्रचण्डसँग छलफल गरेका छन् । 

बालुवाटारमा तीन दलको बैठकअघि प्रचण्ड र देउवाबीच भएको भेटमा यस विषयमा कुराकानी भएको उच्च स्रोतको दाबी छ ।

‘गठबन्धनले उहाँ (उपेन्द्र)लाई विजयी गराएर संसदमा ल्याएको हो, यस्तो बेला सरकार छाड्नुहुन्छ र ओली (एमाले अध्यक्ष केपी शर्मा ओली)सँग जान्छु भन्नुहुन्छ भने केही छैन, १२ को बदला १४ भित्र्याउँछु,’ प्रचण्डले देउवालाई दिएको जवाफबारे जानकार जसपा स्रोतले लोकान्तरसँग भन्यो ।

प्रचण्ड र देउवाबीचको भेटपछि उपेन्द्रले देउवासँग टेलिफोन संवाद गरेका थिए । त्यसक्रममा देउवाले प्रचण्डसँग कुराकानी गरेको जवाफ दिएको स्रोतले बतायो ।

प्रचण्डले १२ को बदलामा १४ भनेर राप्रपातर्फ संकेत गरेका हुन् । संसद्मा राप्रपाका १४ र जसपाका १२ सांसद छन् । प्रचण्ड सरकारमा सहभागी राप्रपा ३२ दिनमै सरकारबाट बाहिरिएको थियो । 

राप्रपालाई केन्द्र सरकारमा भित्र्याउँदा कोशी प्रदेशमा पनि गठबन्धन बलियो हुने र कांग्रेस नेतृत्वको सरकार टिक्ने हिसाब प्रचण्डले देउवालाई सुनाएका थिए ।

गौर हत्याकाण्डको फाइल खुल्ने भयो भनेर त्रसित उपेन्द्रले मंगलवारदेखि नै भेटघाट र दौडधूप बढाएका छन् । यसक्रममा मंगलवार राति एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए ।

बालकोटस्थित ओलीको निवासमा भएको भेटमा उपेन्द्रले सरकार छाड्ने मनस्थितिमा पुगेको भन्दै नयाँ सरकारको सम्भावनाबारे समेत कुराकानी गरेको स्रोतको दाबी छ ।

जवाफमा ओलीले नयाँ सरकारका लागि जसपा मात्र आउँदा नपुग्ने बताएका थिए ।

‘तपाईंले छाडेर मात्र सत्ता परिवर्तन हुँदैन, तैपनि तपाईंको कदममा मेरो समर्थन रहन्छ भन्ने ओलीको भनाइ थियो,’ उपेन्द्रनिकट स्रोतले लोकान्तरसँग भन्यो ।

यस सम्बन्धमा उपेन्द्रले पार्टीका नेताहरूसँग पनि छलफल गरेका छन् । बुधवार पार्टी कार्यालय बालकुमारी उपेन्द्रले उपलब्ध केन्द्रीय कार्यकारिणी सदस्यसँग छलफल गरेका छन् ।

१७ वर्षअघि रौतहटको गौरमा माओवादीको सभा बिथोल्ने क्रममा भएको आक्रमणमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।

सो घटनामा उपेन्द्र यादवको हात रहेको पीडितहरूले बताउँदै आएका छन् ।

उक्त हत्यकाण्ड छानबिन गर्नेगरी मंगलवार गृह मन्त्रालयले पीडितसँग ५ बुँदे सहमति गरेको थियो । सो सहमतिलाई लिएर उपेन्द्र झस्किएका हुन् ।

उपेन्द्रले सरकार छाडेर प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएमा प्रचण्डले संसदमा पुनः विश्वासको मत लिनुपर्ने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x