२७ जेठ २०८३, बुधबार

मापसे गरेर छोरीलाई किरा मार्ने औषधि खुवाएको आरोपमा एक जना पक्राउ

साउन २४, २०८०
विराटनगर
मापसे गरेर छोरीलाई किरा मार्ने औषधि खुवाएको आरोपमा एक जना पक्राउ

छोरीलाई विष खुवाएर हत्याको प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीको बर्जु गाउँपालिका २ का अर्जुन कामत रहेका छन् । उनले गए राति किरा मार्न प्रयोग गरिने औषधि खुवाएर छोरीको हत्या गर्न खोजेका प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दुहबीका प्रमुख प्रहरी निरीक्षक बुद्धिकुमार चौलागाँईका अनुसार आफ्नै छोरीलाई विष खुवाएर हत्या गर्न खोजेपछि उनलाई बुधवार बिहान पक्राउ गरिएको हो ।

२० वर्षीय छोरी राधिका कामतलाई उनले विष खुवाएका थिए । ‘मादक पदार्थले लट्ठ बनेर घर पुगेका अर्जुनले छोरीलाई जबरजस्ती समातेर विष खुवाएका रहेछन्,’ चौलागाँइले भने,  ‘बारम्बार रक्सी सेवन गरी छोरीलाई कुटपिट गर्ने गरेका पनि अनुसन्धानबाट खुलेको छ ।’

राधिकाको अहिले कोशी अस्पताल विराटनगरको आइसीयुमा उपचार भइरहेको छ । 

बाबुले कुटपिट गर्ने गरेका कारण राधिका साथीकोमा जाने गरेकी थिइन् । छोरी अर्काको घरमा बस्दा आफ्नो बेइज्जत भएको भन्दै अर्जुनले विष खुवाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्