१९ असार २०८३, शुक्रबार

नवौं राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक

साउन २४, २०८०
काठमाडौं
नवौं राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक

राष्ट्रिय खेलकुद परिषद्ले गत असोजदेखि कात्तिकसम्म सञ्चालिन नवौँ राष्ट्रिय खेलकुदको विवरण सार्वजनिक गरेको छ ।  
राष्ट्रिय खेलकुद परिषदले गण्डकी प्रदेशको पोखरा लगायत ८ जिल्लामा गत असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म नवौं राष्ट्रिय खेलकुद सम्पन्न गरेको थियो । 

ठूला चाडपर्वका समयमा प्रतियोगिता भएको  र लगत्तै आमनिर्वाचन –२०७९ मा राष्ट्रिय खेलकुृद परिषदका कर्मचारीहरु खटिएकोले खर्चको हिसाब एकिन गर्न समय लागेको राखेपका सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिए ।  

 उनका अनुसार नेपाल सरकारबाट रु ६०,१०,००००० विनियोजन भएको थियो भने आन्तरिक आम्दानी     रु ५१,५२,७०० भएको थियो । जसअनुसार कूल  आम्दानी रु  ६०,६१,५२,७०० हुँदा सम्पूर्ण शीर्षकगत खर्च     रु ५३,७९,०४,२३९/०८ भएको थियो । 
परिषद्ले हाल बचत रु ६,८२,४८,४६०/९२ रहेको जनाएको छ । 
प्रतियोगिताका लागि शीर्षकगत रुपमा विनियोजन भएको  मध्ये कुनै शीर्षकमा अपुग र कुनै शीर्षकमा बाँकी हुन गए पछि अपुग शीर्षकमा रकमान्तरका लागि सम्वन्धित निकायहरु समक्ष अनुरोध घिसिङले बताए ।  रकमान्तरको प्रक्रिया पूरा हुन २०८० साल अषाढ पहिलो हप्ता सम्म लागेको र तत्पश्चात् भुक्तानी हुँदा खर्चको एकिन विवरण तयार गरी सार्वजनिक गर्न समय लागेको जानकारी दिए । 

उक्त प्रतियोगितामा ३४१४ जना पुरुष र २७१३ जना महिला सहित कुल ६१२७ जना खेलाडीले ३९७ स्वर्ण, ३९७ रजत र ५५३ कास्य सहित कुल १३४७ पदका लागि प्रतिष्पर्धा गरेका थिए । एघार टिमको सहभागिता रहेको खेलमा नेपाल आर्मीले प्रथम उपाधि प्राप्त गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्