१४ असार २०८३, आइतबार

चीनतर्फ फर्किनैलाग्दा विमानस्थलबाट पक्राउ परे सुन प्रकरणका यी २ चिनियाँ आरोपी

साउन २६, २०८०
काठमाडौं
चीनतर्फ फर्किनैलाग्दा विमानस्थलबाट पक्राउ परे सुन प्रकरणका यी २ चिनियाँ आरोपी

क्वीन्टल सुन प्रकरणमा संलग्नता पुष्टि भएका २ चिनियाँ नागरिक चीनतर्फ फर्किनैलाग्दा अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सर्वाधिक खोजीका २ चिनियाँ नागरिकलाई शुक्रवार बिहान पक्राउ गरेको छ ।

सीआईबी स्रोतका अनुसार बिहान पौने ८ बजे उनीहरूलाई पक्राउ गरिएको हो । सीआईबी टोलीले चिनियाँ नागरिक ली गैलिन र लिओ फुयानलाई पक्राउ गरेको छ ।

हिमालय एयरलाइन्सको उडानमार्फत चीनतर्फ प्रस्थान गर्दैगर्दा पक्राउ गरिएको हो । सुन तस्करीमा उनीहरूको संलग्नता पुष्टि भएपछि सीआईबीले खोजी गरिरहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्