३१ जेठ २०८३, आइतबार

रामेछापमा १२ वर्षीया बालिका बलात्कृत, ३७ वर्षीय पुरुष पक्राउ

साउन २६, २०८०
रामेछाप
रामेछापमा १२ वर्षीया बालिका बलात्कृत, ३७ वर्षीय पुरुष पक्राउ

रामेछापमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा रामेछाप नगरपालिका ८ बाबियाखर्कका ३७ वर्षीय भुपेन्द्र भुजेल रहेका छन् । उनलाई बिहीवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भुजेलले ती बालिकालाई सोही ठाउँको गोठमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रामेछाप डाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्