
नेपाल आरोहण खेल संघ (नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसन) को अध्यक्षमा हरि प्रसाद धरेल निर्वाचित भएका छन् ।
शनिबार राजधानीमा सम्पन्न छैटौं अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा रमेश पौडेल, उपाध्यक्षहरुमा सुनार बहादुर गुरुङ, ल्हाक्पा शेर्पा चयन हुँदा महासचिवमा सन्तोष मादेन, सचिवहरुमा सुजित कँडेल र सन्जिब गुरुङ, कोषाध्यक्षमा कान्छी डोल्मा ह्योल्मो, सहकोषाध्यक्षमा प्रणिल मान श्रेष्ठ चयन भएका छन् ।
यस्तै सदस्यहरुमा अशोक लामा, रामकाजी तिवारी, डोलेन्द्र राज दाहाल, मनराज शिंखडा, राजेश धरेल, मन्जु गिरि, शिव बहादुर सापकोटा निर्वाचित भएका छन् ।
नवनिर्वाचित कार्यसमितिले प्रमुख सल्लाहकारमा गोबिन्द भट्टराई र उपसल्लाहकारमा प्रम नारायण अधिकारीलाई मनोनीत गरेको छ ।