१० साउन २०८३, आइतबार

बैंकको ब्याजदर घटाउने विषयमा बैंकर्स संघसँग अर्थमन्त्रीको छलफल

साउन २८, २०८०
काठमाडौं
बैंकको ब्याजदर घटाउने विषयमा बैंकर्स संघसँग अर्थमन्त्रीको छलफल

अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाल बैंकर्स संघसँग बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई लयमा ल्याउने विषयमा छलफल गरेका छन् । 

आइतवार मन्त्रालयमा बैंकर्स संघका पदाधिकारीसहित वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग बैंकको ब्याजदर कम गर्ने विषयमा छलफल गरेका हुन् । मन्त्री महतले बैंकका सिइओहरुसँग अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रले पु¥याउनुपर्ने योदानको विषयमा जानकारी गराए । 

छलफलपछि बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्रका समस्या समाधान गरी अर्थतन्त्र चलायमान बनाउन  निजी क्षेत्रको मनोबल माथि कसरी उठाउन सकिन्छ भन्ने विषयमा कुराकानी भएको बताए । 

उनले पछिल्लो समय बैंकको ब्याजदर कम हुँदै गएपनि अझै कम कसरी गर्न सकिन्छ भन्ने विषयमा अर्थमन्त्री महतले चासो राखेको बताए । 

उनले पछिल्लो समय अर्थतन्त्रका केही सूचकहरुमा सुधार हुँदै गएको र बैंकहरुमा तरलता पनि केही सहज हुँदा समेत निजी क्षेत्रको मनोबल बढाएर अर्थतन्त्र चलायमान कसरी बनाउने विषयमा छलफल केन्द्रित भएको बताए । 
केसीले अर्थतन्त्रलाई बैंकिङ क्षेत्रले कसरी सकारात्मक बाटोमा लैजाने भुमिका खेल्नुपर्ने देखिएको भन्दै सबैलाई सकारात्मक सन्देश दिन 

अध्यक्ष केसीले बैंकको ब्याजदर कम गर्ने कुरालाई निरन्तरता दिनुपर्ने विषयमा छलफल भएको बताए । उनले बैंकको वेस रेट ११ प्रतिशतबाट घटेर १०.०३ मा झरेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्