
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिरबाट बरामद सुन जोख्ने प्रक्रिया शुरू भएको छ ।
कुल १४५ किलो 'ग्रस वेट' रहेका ब्रेक प्याडबाट सुन निकालेर जोख्ने प्रक्रिया शुरू भएको हो ।
आन्तरिक राजस्व विभागले यही साउन २ गते सिनामंगलबाट उक्त सुन बरामद गरेको थियो ।
बरामद सुनलाई नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा थापाथलीमा राखिएको थियो ।

टक्सार महाशाखामा नै आज सुन जोख्न थालिएको हो ।
अहिले ब्रेक प्याडबाट सुन निकाल्ने काम भइरहेको छ ।