२१ जेठ २०८३, बिहीबार

करिब सय किलो सुन प्रकरण : एक कार्टुन खोल्दा २० टुक्रा सुन भेटियो !

साउन २९, २०८०
काठमाडौं
करिब सय किलो सुन प्रकरण : एक कार्टुन खोल्दा २० टुक्रा सुन भेटियो !

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिरबाट बरामद सुन जोख्ने प्रक्रिया शुरू भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा १४५ किलो 'ग्रस वेट' रहेका ब्रेक प्याडबाट सुन निकालेर गाल्ने प्रकिया शुरू गरेको हो । 

अहिले ब्रेक प्याडबाट सुन निकाल्ने काम भइरहेको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । उनका अनुसार ब्रेक प्याडसहित राखिएको एउटा कार्टुन खोल्दा २० टुक्रा सुन (पहेँलो धातु) भेटिएको छ । 

एक कार्टुन खोलेर देखाए पनि अरु टक्सार महाशाखा भित्रै खोलिने उनले बताए ।

सबै ब्रेक सुबाट सुन निकालेर गाँलेपछि जोख्ने प्रक्रया शुरू हुने छ । 

आन्तरिक राजस्व विभागले यही साउन २ गते सिनामंगलबाट उक्त सुन बरामद गरेको थियो । बरामद सुनलाई नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा थापाथलीमा राखिएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्