२२ असार २०८३, सोमबार
कांग्रेस सभापतिको प्रस्ताव

कांग्रेस सभापति देउवाले भने– सुन तस्करीले बदनामी भो, बरु भन्सार महसुल घटाइदिऊँ

साउन २९, २०८०
काठमाडौं
कांग्रेस सभापति देउवाले भने– सुन तस्करीले बदनामी भो, बरु भन्सार महसुल घटाइदिऊँ
फाइल फोटो

​नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुनकाण्डसहितका तस्करीले थप बदनामी बढाएको भन्दै भन्सार महसुल घटाउनुपर्ने बताएका छन् । 

संसदीय दलको बैठकमा बोल्दै देउवाले रोक्नै नसक्ने गरी तस्करी भइरहेको भन्दै भन्सार महसुल घटाउँदा रोक्न सकिने धारणा व्यक्त गरेका हुन् ।

‘सुन तस्करी धेरै नै हुन थाल्यो । जति रोक्न खोजे पनि रोकिनेजस्तो देखिएन, बरु खुलै गर्दिऊँ,’ देउवाको भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘सधैं बदनामी सहनुभन्दा बरु भन्सार महसुल घटाइदिऊँ, यसले समाधान हुन सक्छ ।’

salt training

कमेन्ट गर्नुहोस्