२९ जेठ २०८३, शुक्रबार

इयू प्रमुखको चेतावनी– नाइजरका राष्ट्रपतिको स्वास्थ्यमा कुनै समस्या आए त्यसको परिणाम नराम्रो हुन्छ

भदौ १, २०८०
काठमाडौं
इयू प्रमुखको चेतावनी– नाइजरका राष्ट्रपतिको स्वास्थ्यमा कुनै समस्या आए त्यसको परिणाम नराम्रो हुन्छ

ब्रसेल्स– युरोपेली सङ्घ (इयू)का प्रमुख चाल्र्स मिसेलले नाइजरको सैन्य समूहबाट नजरबन्दमा राखेका अपदस्थ राष्ट्रपति मोहम्मद बाजुमको स्वास्थ्यमा कुनै समस्या आएमा यसको परिणाम नराम्रो हुने चेतावनी दिएका छन् ।

मिसेलले नाइजरको ‘कू’को विरोध गर्ने पश्चिम अफ्रिकी राज्यहको आर्थिक समुदाय (इकोवास) समूहका अध्यक्ष तथा नाइजेरियाका राष्ट्रपति बोला टिनुबुलाई सम्बोधन गर्दै भने, ‘हिरासतमा राष्ट्रपति बाजुमको अवस्था बिग्रँदै गएको मैले सूचना पाएको छु, यसको परिणाम नराम्रो हुनेछ ।’

सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएयता नाइजरमा भएको पाँचौं  ‘कू’मा ६३ वर्षीय बाजुमलाई राष्ट्रपतिको सुरक्षा गार्डका सदस्यले जुलाई २६ मा कब्जामा लिएका थिए । अहिले उनी र उनको परिवारलाई राष्ट्रपति भवनमा हिरासतमा राखिएको छ ।

उनले भने, ‘नाइजेरियाका राष्ट्रपतिले नाइजर नेता बाजुमलाई रिहा गर्न इकोवासको दृढसङ्कल्प र राजनीतिक इच्छाशक्ति रहेको बताए । यस क्षेत्रका केही देशहरूमा आर्थिक प्रभाव पार्ने भए तापनि इकोवासले प्रतिबन्धहरू कायम राख्नेछ ।’

मिसेलले इकोवासको निर्णयलाई इयूको पूर्ण समर्थन दोहो¥याउनुका साथै नाइजरमा भएको अस्वीकार्य ‘कू’को कडा निन्दा गरेका छन् । 

उनले भने, ‘इयूले नाइजरमा भएको आक्रमणका कारण जिम्मेवारीमा आएका नाइजर अधिकारीहरूलाई मान्यता दिने छैन । प्रजातान्त्रिक ढङ्गबाट निर्वाचित राष्ट्रपति बाजुम नाइजरको वैधानिक राष्ट्रप्रमुख हुनुहुन्छ ।’ –रासस

salt training

कमेन्ट गर्नुहोस्