१२ असार २०८३, शुक्रबार

५५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २८ वर्षीय युवक पक्राउ

भदौ २, २०८०
काठमाडौं
५५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २८ वर्षीय युवक पक्राउ

पर्वतमा ५५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जलजला गाउँपालिका २ तमिला खर्कका २८ वर्षीय राजन कार्की रहेका छन् । उनलाई प्रहरीले शुक्रवार दिउँसो पक्राउ गरेको हो ।

कार्कीले ती महिलालाई साउन ३२ गते राति कुटपिट तथा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कुटपिटबाट घाइते भएकी महिलाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। 

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्