२८ जेठ २०८३, बिहीबार

यु–२० एशिया रग्बी सेभेन्समा नेपालको निराशाजनक प्रदर्शन

भदौ २, २०८०
काठमाडौं
यु–२० एशिया रग्बी सेभेन्समा नेपालको निराशाजनक प्रदर्शन

नेपालको युवा टोली घरेलु मैदानमा जारी एशिया यु–२० रग्बी सेभेन्सको सेमिफाइनलमा पुग्न असफल भएको छ । 

दशरथ रंगशालामा शनिवारदेखि शुरु भएको एशिया रग्बी सेभेन्समा नेपालको यु–२० पुरुष टोलीले समूहको तीन खेलमा हार व्यहोरेपछि सेमिफाइनलमा पुग्न असफल भएको हो ।

  नेपालको पुरुष टोली समूह ‘बी’ मा परेको थियो । शनिवार समूहका तीनै खेलमा नेपाल पराजित हुन पुग्यो । पहिलो खेलमा भारतसँग २८–० ले पराजित भएको नेपालले दोस्रो खेलमा पनि मलेसियासँग ४४–० ले स्तब्ध भयो । फाइनलमा पुग्ने लक्ष्य राखेको नेपालको लगातार दोस्रो हारसँगै सेमिफाइनलमा नै पुग्ने आशा सकिएको थियो ।

समूहको अन्तिम खेलमा पनि नेपाल हङकङसँग ३६–० ले हार व्यहो¥यो । अब नेपालले पाँचौं स्थानका लागि आईतवार उज्वेकिस्तासँग खेल्नेछ । आईतवार हुने सेमिफाइनलमा चाइनिज ताइपेईले मलेसिया र थाइल्याण्डले हङकङसँग प्रतिष्पर्धा गर्ने भएका छन् । यता, महिलातर्पm पनि डबल राउण्ड रोविनका आधारमा भएको प्रतियोगितामा नेपालको यु–२० महिला टोलीले तीन खेलमा नै हार व्यहारेको छ । नेपाली युवा टोलीले तीन खेलमा नै हार सामना गरेपछि उपाधि जित्ने सम्भावना भने समाप्त भएको छ ।

महिलातर्पm लिगमा प्राप्त अंकको आधार शिर्ष तीन निर्धारण हुनेछ । पहिलो खेलमा हङकङसँग ३४–५ ले पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियासँग २४–० ले हार व्यहो¥यो । लगातार दोस्रो हारसँगै नेपालको उपाधि जित्ने अवसर गुमेको हो । तेस्रो खेलमा भने नेपाल थाइल्याण्डसँग ४५–० को फराकिलो हार सामना गर्न बाध्य भयो । यद्यपि, बाँकी आईतवार तीन खेलमा जित निकाल्दा भने नेपाल दोस्रो र तेस्रो हुने अवसर जीवन्त छ । दुई दिने प्रतियोगितामा आईतवार नै सेमिफाइनल र फाइनलका खेल हुनेछन् । 

salt training

कमेन्ट गर्नुहोस्