१० साउन २०८३, आइतबार

महिला विश्वकप : उपाधिका लागि आज स्पेन र इंग्ल्यान्ड भिड्दै

भदौ ३, २०८०
काठमाडौं
महिला विश्वकप : उपाधिका लागि आज स्पेन र इंग्ल्यान्ड भिड्दै

अष्ट्रेलिया र न्युजिल्यान्डमा जारी महिला विश्वकप फुटबलको उपाधिका लागि आज (आइतवार) स्पेन र इंग्ल्यान्ड प्रतिस्पर्धा गर्ने छन् । 

यी दुवै टोली पहिलो पटक फाइनलमा प्रवेश गरेका हुन् । यससँगै महिला विश्वकपले नयाँ विजेता पाउने सुनिश्चित भएको छ । 

फाइनल खेल सिड्नीस्थित स्टेडियम अष्ट्रेलियामा हुनेछ ।

सेमिफाइनलमा स्पेनले स्विडेनलाई र इंग्ल्यान्डले आयोजक अष्ट्रेलियालाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए । 

आयोजक अष्ट्रेलियालाई पराजित गर्दै स्विडेनले तेस्रो स्थान हासिल गरेको छ । 

महिला विश्वकपको सर्वाधिक विजेता अमेरिका हो । उसले चार पटक उपाधि जितेको छ । यस्तै, जर्मनीले दुई तथा नर्वे र जापानले एक–एक पटक उपाधि जितेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्