३० जेठ २०८३, शनिबार

ओलीको दाबी – छठपछि मधेसमा ‘सूर्यको पूजा’, सातै प्रदेशमा एमालेको सरकार !

कात्तिक २०, २०७४
ओलीको दाबी – छठपछि मधेसमा ‘सूर्यको पूजा’, सातै प्रदेशमा एमालेको सरकार !

काठमाडौं १ असोज–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको चुनावपछि केन्द्र र सातवटै प्रदेशमा एमालेको सरकार बन्ने दावी गरेका छन् । उनले मधेसको चाड छठपछि तराईका जिल्लामा एमालेको चुनाव चिन्ह सूर्यलाई पूजा गरिने दावी गरे ।

एमाले निकट विद्यार्थी संगठन अखिलले सोमवार काठमाडौंमा आयोजना गरेको अखिल सम्मान साँझ २०७४ कार्यक्रममा अध्यक्ष ओलीले सत्तारुढ दलहरुले चुनावमा सत्ताको दूरुपयोग गरेपनि संघ र प्रदेशको चुनावमा एमाले पहिलो पार्टी बन्ने दावी गरेका हुन् ।

अध्यक्ष ओलीले कांगेसले नेता विमलेन्द्र निधिले सत्ताको आडमा धनुषाबाट मान्छेलाई भगाइएको समेत आरोप लगाए । यसअघि निधीको चुनावी क्षेत्रमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको थियो ।

‘चुनाव र चाडबाड भनेको सधैं सत्यको पूजा गर्ने अवसर हो । मधेसमा केही ट्याइट्याई गरेको भएपनि छठ लगत्तै चुनाव छ । छठ भनेको सूर्यको पूजा गर्ने पर्व हो त्यसपछि सबैले सूर्यको पूजा गर्नेछन्’ ओलीले भने । कार्यक्रममा अखिलका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्